सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १५:०० 
  • काठमाडौँ, १७ असार ।  यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पुयाइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ ।

    पुरस्कारको राशि रु एक लाख २५ हजार रहने छ । त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुयाउने हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ ।

    सो पुरस्कार भने आगामी साउन ३२ गते परिषद्को ७१ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु ५० हजार रहने छ । अध्यक्ष रमा शर्माका सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।

    परिषद्बाट ‘आदिकवि पुरस्कार २०५२ र असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । साथै राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०८ औँ जयन्तीका अवसरमा असार २९ गते बिहान भानु मावि रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम पनि रहेको सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.