सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १४:५१ 
  • काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।
    बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आब्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
    “हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं”, विज्ञप्तिमा भनिएको छ । अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ । यसअघि बुधबार नेपाल बैंकर्स सङ्घले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो ।
    पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै सङ्घले आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो । पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.