सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले बगाएर दुई जनाको मृत्यु तीनजना बेपत्ता


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १६:१४ 
  •  चितवन,१७ असार  । पूर्बी चितवनका दुई स्थानमा पहिरोले वगाएर दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् ।
    राप्ती नगरपालिका र कालिका नगरपालिकामा पहिरोले वगाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर १२ पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खसि दुई घर वगाएको हो ।
    घर भित्र रहेका चार जनालाई पहिरोले बगाएकोमा एक जना पुरुषको शब घटना स्थलबाट ५० मिटर तल फेला परेको प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । अन्यको खोजी भईरहेको छ । घर संगै एउटा गोठ वगाउँदा त्यहाँ रहेका १६ वटा गाईगोरु र १५–१६ वटा वाख्रा समेत वगाएको उहाँले जानकारी दिनुभयो ।
    यसै गरि कालिका नगरपालिका वडा नम्बर ११ दानेटारका ५२ वर्षिय ज्ञानवहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तको घरमा जाने क्रममा वगाएका उनको घटनास्थलबाट एक किलोमिटर टाढा शब भेटिएको हो । घटना दिउँसो २ वजेको समयमा भएको र घटना स्थल तर्फ प्रहरी जाँदै गरेको थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.