सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन सौराहाका होटलहरु डुबानमा, व्यवसायीले सामान सुरक्षित स्थानमा सारे


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १५:०८ 
  • चितवन,१७ असार ।  चितवनको सौराहा क्षेत्र पनि डुबानमा परेको छ । बुढिराप्तीमा आएको बाढीले सौराहा डुबेको हो । बुढी राप्ती आएको बाढी सौराहा क्षेत्रमा पसेको क्षेत्रिय होटलसंघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिए ।

    रिभर साइड नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । उनले करिब १० होटल डुबानमा परेको जानकारी दिए । रातभर पानी परे सौराहा पुरै डुब्ने उनले बताए ।

    राप्ती नदीको बहाब बढ्दो क्रममा रहेकोले थप क्षेत्र डुबानमा पर्न सक्ने भट्टराइले बताए ।  होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले सामान सुरक्षित स्थानमा सारेका छन । उनका अनुसार अधिकाशं व्यवसायीहरुले सामान सुरक्षित स्थानमा सारिसकेका छन् । बाँकी केही व्यवसायीहरुले अहिले सामान सारिरहेका छन् । चार बर्ष अघि राप्ती नदिमा आएको बाढीले सौराहा पुरै डुबानमा परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.