सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी–पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन एमाले चितवनको माग


  •    न्युजभित्तो/१७ असार २०७८, बिहीबार १९:१२ 
  • चितवन, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले बाढी पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन माग गरेको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’द्वारा आज जारी विज्ञप्तिमा तीनै तहका सरकारसँग माग गरिएको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ “नेकपा (एमाले) चितवन यो विपद्तको घडीमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, बेपत्ताहरुको खोजी गर्न र बाढी पहिरोले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।” उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ “विपद् प्रतिकार्य योजना अनुरुप प्रभावकारी रुपमा काम गर्न हामी आग्रह गर्दछौं ।”

    ज्यान जोखिममा राखी उद्धारकार्यमा खटिनु भएका सुरक्षाकर्मी, स्वयंसेवी संघ संस्था तथा व्यक्तिहरुको प्रशंसा गर्दै एमालेले विपद्को यस घडीमा स्वयंसेवी भावनासहित उद्धार र राहत कार्यमा परिचालित हुन सबै जनप्रतिनिधि, पार्टी कमिटी, युवा, विद्यार्थी लगायत सम्पूर्ण पार्टी पंक्तिलाई आव्हान गरेको छ । एमालेले बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानमा बसोबास गर्ने आम जनसमुदायलाई सतर्कता अपाउन समेत अनुरोध गरेको छ ।

    चितवनमा केही दिनदेखि परिरहेको अविरल वर्षाले धनजनको क्षति पु¥याएको स्मरण गराउँदै विज्ञप्तिमा जिल्लाका समथर भूभागमा डुवान र कटानको समस्या देखिएको र पहाडी क्षेत्रमा पहिरोको समेत प्रभाव देखिएको उल्लेख गरेको छ । निरन्तर वर्षा भईरहेकाले नारायणी, राप्ती, रिउ, कयर, लदरी लगायतका जिल्ला हुँदै बग्ने नदी तथा खोलाहरुको जलस्तर बढ्दै गईरहेको विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.