राष्ट्रिय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने,...
काठमाडौँ। आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोनाभाइरस (कोभिड–१९) को कारण यसपटकको अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित भएको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि...
रोल्पा । त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच...
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७, गैरीगाउँमा आज साँझ भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए । उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिले नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री...
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गर्नुभएको छ । भिडियो सन्देश मार्फत् आज उहाँले सो...
काठमाडौँ । आज मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने...
काठमाडौँ । निकै चर्चाका बीच आज साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक फेरि अर्को पटक बस्ने गरी सकिएको छ । बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पुनः बस्ने निर्णय गरेको पार्टी...
राधेश्याम खतिवडा चितवन । कोरोनाको संकटमा उपचार व्यवस्थापनका लागि सहज बनाउन भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा आर्थिक अपारदर्शिता देखिएको छ । ७२ घण्टामा निर्माण गरिएको भन्दै प्रचार गरिएपछि देशका अन्य स्थानमा समेत यस्ता अस्थायी अस्पताल बन्न सुरु...
काठमाडौँ । आज एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन्। गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण...











