सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दुई चिकित्सक, एक स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना संक्रमण


  •    न्युजभित्तो/२६ जेष्ठ २०७७, सोमबार १६:३५ 
  • चितवन । भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार र शनिबार संकलन गरिएका ३ सय १० नमूना परीक्षण गरिएकोमा सोमबार आएको नतिजामा २३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    भरतपुर अस्पतालले सोमबार प्रेस वक्तव्य जारी गर्दै पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक रहेका छन् । त्यसै गरी भरतपुर अस्पतालबाट स्वाब संकलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् ।

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका ६ जना, भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका ४ जना, नारायणी सामुदायिक अस्पतालमा उपचाररत १ जना, पुरानो मेडिकल कलेजमा उपचाररत २ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत १ जना रहेका छन् ।

    त्यसै गरी पूर्वी नवलपरासी (नवलपुर) का ५ जना र धादिङ्को १ जनामा कोरोना पुष्टि भएको हो ।

    माडी र भरतपुर महानगरपालिकामा भेटिएका संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् । अस्पतालमा भएकाहरु मध्ये नारायणी सामुदायीक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।

    भरतपुर अस्पतालका डा. प्रमोद पौडेलका अनुसार सो भरतपुर अस्पताल र भरतपुर कोरोना (अस्थाई) अस्पतालमा उपचाररत ६ जनाको सोमबार गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएको छ ।

    अस्पतालमा उपचाररत कोरोना बाहेकका बिरामी र चिकित्सकमा समेत कोरोना पोजेटिभ देखिएसँग यहाँको समुदायमा अरु सजगता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.