सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रविधिको प्रयोग गर्दै लायन्सको परिचयात्मक अन्तक्र्रिया


  •    न्युजभित्तो/२५ जेष्ठ २०७७, आईतवार १६:४९ 
  • चितवन । कोरोना भाईरस (कोभिड –१९) का कारण भौतिक रुपमा उपस्थित हुन नसकेपछि प्रविधिको प्रयोग गर्दै यहाँ परिचयात्मक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु एरिया नं ३ ले आईतबार परिचयात्मक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा एरिया नं ३ ले लायन बर्ष २०२०÷०२१ का लागि नव निर्वाचित गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर, द्वितिय गर्भनर, सचिव र कोषाध्यक्षसँग यस क्षेत्रमा कार्यरत क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सँग परिचयात्मक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    ३ नं एरियाका प्रमुख लायन प्रभाकर पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन बर्ष २०२०÷२१ का लागि नबनिर्वाचित गर्भनर लायन शम्भु नकर्मीले आगामी बर्षमा डिष्ट्रिकले गर्ने कार्यहरुको जानकारी गराउनुभएको थियो ।

    कार्यक्रमा लायन बर्ष २०१९÷२० का गभर्नर लायन अनुपकुमार पहारीले नवनिर्वाचित सबैलाई शुभकामना प्रदान गर्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्दै सेवा भाबमा लागिरहन लायन्सकर्मीहरुलाई अनुरोध गर्नुभयो ।

    डिष्ट्रिकका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले कार्यक्रममा उपस्थित लायन्सकर्मीहरुलाई कोरोनाको यो बिषम अवस्थामा के कसरी काम गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पार्नुभएको थियो । प्रतिकूल र अनुकूल अवस्था हेरेर आगामी दिनमा लायन्सहरुले गर्ने कार्यक्रमको खाका तयार पर्नुपर्ने उहाँले बताउनुभयो ।

    जुम प्रबिधिबाट गरिएको कार्यक्रममा डिष्ट्रिकका द्वितिय भाईस डिष्ट्रिक गर्भनर सि बि चन्द, पूर्ब डिष्ट्रिक गर्भनर प्रभात कुमार जोशी, चितवन क्षेत्रका अग्रज लायन्सकर्मीहरु नारायण शर्मा, सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने लगायतले शुभकामना ब्यक्त गर्दै नयाँ अध्यक्षहरुलाई लायन्सको मर्मत र भावना अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो

    चितवन र नवलपुर क्षेत्रमा हाल करिब १०० लायन्स क्लबहरु क्रियाशील छन् । यो क्षेत्रमा पहिलो पटक सन् १९८२ मा लायन्स क्लब अफ नारायणगढको स्थापना भएको हो ।

    सामाजिक सेवामा लागिरहने लायन्सहरुले हाल कोरोनाका कारण विपत्तीमा परेकाहरुलाई राहत वितरण गर्दै आईरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.