सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्यो, थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो


  •    न्युजभित्तो/२४ जेष्ठ २०७७, शनिबार १८:१६ 
  • काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको संख्या १३ पुगेको जानकारी दिनुभयो ।

    देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना ,अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जना सङ्क्रमित भएका छन् ।

    त्यसैगरी, शनिबार थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।

    यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । गत जेठ २१ गते राति दुई बजेतिर डोल्पाका ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो ।

    एकजना मृगोला रोगी महिलाको सेती अस्पतालमा जेठ २३ गते डाइलाइसिस गर्दैगर्दा दिउँसा करिब १२ बजे मृत्यु भएको छ । उहाँमा कुनै पनि कोरोना भाइरसको लक्षण देखिएको थिएन । तर सेती अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.