राजनीति
चितवन,२४ कार्तिक । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका...
काठमाडौं,कात्तिक २२। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पुन: दोहोर्याएका छन् । नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको बताए...
पोखरा, कात्तिक २१। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि कांग्रेस भन्दा आफ्नो पार्टी धेरै ठूलो हुने बताएका छन् । मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले आफूहरुले एकल बहुमत ल्याएर कांग्रेस भन्दा आफ्नो पार्टी धेरै ठूलो पार्टी बन्ने बताएका...
चितवन, कात्तिक २१ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र...
चितवन, कात्तिक २१। चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेद्वारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठलाई समर्थन गरेका छन । कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् । सो क्रममा बोल्दै डल्लाकोटीले...
सुदूरपश्चिम, कात्तिक २०। आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा...
चितवन, कात्तिक २०। प्रतिनिधिसभा चितवन–३ का माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले गुनासो नआउने गरी काम गर्ने बताउनु भएको छ ।भरतपुर महानगरपालिका–२० को घरदैलोमा जनताको वास्तविक समस्या समस्या सम्बोधन गर्न आफू निर्वाचित हुनुपर्ने उहाँले बताउनु भएको हो । जनताको...
गोरखा कात्तिक २०। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाका लागि रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गर्नुभएको छ । उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएका हुन् ।गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य,...
चितवन, कात्तिक २०। नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उहाँको जन्म भएको हो ।उहाँका...
चितवन, कात्तिक २०। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपत्रलगायतका निर्वाचनमा आवश्यक सबै सामग्री चितवनमा आइपुगेको छ ।प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी...










