सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘रवि लामिछानेले पैसा खाएर क्षेत्र परिवर्तन गरेपछि आफ्नो समर्थन श्रेष्ठलाई’


  •    न्युजभित्तो/२१ कार्तिक २०७९, सोमबार ११:१६ 
  • चितवन, कात्तिक २१।  चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेद्वारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठलाई समर्थन गरेका छन । कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

    सो क्रममा बोल्दै डल्लाकोटीले रवि लामिछानेले पैसा खाएर चितवन क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिएको सुनेपछि आफूले उमेश श्रेष्ठलाई समर्थन गरेको बताए । ‘पहिला म क्षेत्र नम्बर २ मा लड्ने र रवी क्षेत्र नम्बर ३ मा लड्न सहमति भएको थियो तर उनले पैसा खाएर धोका दिएपछि मैले उनको साथ छोडें ।’ डल्लाकोटीले भने । आफू प्रतिगमन र मण्डलेको सधै विरोधमा रहेकोले कुनैपनि हालतमा त्यस्ता छद्मभेषी उम्मेद्वारलाई छाडेको उनको भनाई थियो । ‘म यही क्षेत्र बुझेको हिडेको व्यक्ति यस्ता धोकेबाज र मण्डलेलाई समर्थन गरेर चितवनका जनतालाई थप पछाडि धकेल्न हुन्न भनेर उमेश श्रेष्ठलाई समर्थन गरेको हुंँ । ’उनले भने ।

    क्षेत्र नम्बर २ मा श्रेष्ठ जस्तो स्वच्छ, विकासप्रेमी उम्मेदवार कोही नरहेको भन्दै आफ्ना पार्टीका साथीहरुकै सल्लाहमा समर्थन गरेको उनले बताए । ‘उहांँले यसअघि पनि पटक पटक संसद र मन्त्रालयमा काम गरेर देखाई रहनुभएको छ । आफ्नो सम्पूर्ण सम्पत्तिको आधा ट्रष्टलाई दिने घोषणा गरिसक्नु भएको छ । हामी जस्तो युवाले उहांँलाई सपोर्ट नगरे कसले गर्छ’ उनले भने । जिल्लाका नेता तथा उम्मेद्वारले डल्लाकोटीले गरेको समर्थन र साथको स्वागत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.