सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत


  •    न्युजभित्तो/२२ कार्तिक २०७९, मंगलवार १४:०२ 
  • काठमाडौं,कात्तिक २२। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पुन: दोहोर्‍याएका छन् । नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको बताए ।उनले भने, ‘निर्वाचनपछि गठबन्धन सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेसले गर्छ भन्नेमा द्वविधा छैन । अहिलेसम्म प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन । समर्थक शुभेच्छुकले भन्नु स्वाभाविक हो ।’

    उनले संविधानको रक्षा र आवश्यक परिमार्जन गरेर आफूहरू अगाडि बढ्ने बताए । संविधानलाई पन्छाएर देशलाई अन्योल पार्नेको भ्रममा नपर्न महतको आग्रह थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभाजन गराउने नेतृत्व गरिरहेको उनले आरोप लगाए । महतले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले देश विकासका लागि सबैलाई मिलाएर लगेको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनले नै देशको विकास गर्नसक्ने बताए ।

    एमाले गठबन्धनको लक्ष्य देशलाई उल्टोतिर लानेतर्फ मात्रै भएको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.