सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निस्सा बाँडिसक्यौं, निर्वाचनपछि हातहातमा लालपुर्जा पुग्छ: डा. भोजराज


  •    न्युजभित्तो/२० कार्तिक २०७९, आईतवार १६:१५ 
  • चितवन, कात्तिक २०। प्रतिनिधिसभा चितवन–३ का माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले गुनासो नआउने गरी काम गर्ने बताउनु भएको छ ।भरतपुर महानगरपालिका–२० को घरदैलोमा जनताको वास्तविक समस्या समस्या सम्बोधन गर्न आफू निर्वाचित हुनुपर्ने उहाँले बताउनु भएको हो । जनताको धेरै ठूला–ठूला समस्या नरहेको उल्लेख गर्दै उहाँले घरको चुल्होमा खुसी पुग्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार डा. भोजराजले प्रत्येक वडामा स्थानीय विशेषता अनुसार योजना अघि बढाउने उद्घोष गर्नुभयो । लालपुर्जा वितरणका लागि निस्सा बाडिएकाले निर्वाचन लगत्तै पुर्जा हात–हातमा पुग्ने उहाँले बताउनुभयो । जनताको चाहना अनुसार पारदर्शी हुने इमान्दार जनप्रतिनिधि बन्न चाहेको डा. अधिकारीले बताउनुभयो ।

    यस्तै गठबन्धन अन्तर्गत क्षेत्र ३(१) प्रदेशसभा सदस्य उम्मेदवार प्राडा सूर्यकान्त घिमिरेले बाँकी रहेका सडक मर्मतका लागि सबै तहका सरकारसँग समन्वय गरेर पूरा गर्ने बताउनु भएको छ । भरतपुर–२० को घरदैलोमा उहाँले रानीपोखरी र चितवन रंगशाला निर्माण सम्पन्न गरिने, शारदानगर हेल्थ पोष्टलाई स्तरोन्नति र बखान अध्ययन एवम् संग्रहालयका रूपमा विकसित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।४६ सालदेखिको सुकुमबासी समस्या हल गर्न पनि तयार रहेको उहाँको भनाइ छ । कृषिमा विशेष प्राथमिकता निर्धारण गरिएको बताउँदै उहाँले सिँचाइका लागि बोरिङ अनुदान थप बिस्तार गरिने बताउनुभयो । लोकतान्त्रिक–बाम गठबन्धनले भरतपुर २५ अन्तर्गत शुक्रनगर क्षेत्रमा समेत घरदैलो गर्दै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.