सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको कारागार र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र


  •    न्युजभित्तो/२१ कार्तिक २०७९, सोमबार १३:२७ 
  • चितवन, कात्तिक २१ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र मालपोत कार्यालयमा कर्मचारीका लागि केन्द्र राख्न लागिएको हो ।कारागार कार्यालय चितवनमा रहेका एक सय दुई जना कैदीबन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका सात सय ९५ जना कैदी बन्दीमध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरुले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन ।

    जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार उनीहरुले कारागार कार्यालयमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा मतदान गर्ने उहाँले जानकारी दिनुभयो ।

    यस्तै कर्मचारीलाइ मतदान गर्नका लागि मालपोत कार्यालयमा पनि अथायी मतदान केन्द्र राखिने भएको छ । जिल्लामा रहेर निर्वाचनमा खटिएका कर्मचारी र अस्थायी मतदाताका लागि सो मतदान केन्द्र राख्ने तयारी गरिएको हो । मतदान केन्द्रमा एक हजार पाँच सय ४४ जना मतदाताले मतदान गर्ने छन् ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीलेले सो मतदान केन्द्रबाट मत हाल्ने छन् । यहाँ राखिएको मतदान केन्द्रबाटसमेत प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको मतदान हुने कार्कीले बताउनुभयो । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा चार लाख आठ हजार तीन सय ४२ मतदाताले सहभागिता जनाउन लागेका छन् ।

    जसमध्ये दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना रहेको कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार एक सय ६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदै छ ।

    जिल्लाको क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ जना मतदाताले ४३ मतदानस्थलमा रहेका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

    यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई ८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदातालेसमेत निर्वाचनमा सहभागिता जनाउने कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.