राजनीति
काठमाडौं,१६ साउन । भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने...
काठमाडौं,१६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सोमबार सम्बोधन गर्दै सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै...
काठमाण्डौ,१६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा ‘कनेक्सन’ देखिएपछि आइतबार काठमाडौँको ठमेलबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको राजनीतिक कनेक्सन कडा देखिएको छ। काठमाडौँ ठमेलबाट आइतबार बिहान पक्राउ परेका दावाको राजनीतिक कनेक्सन वर्तमान सत्तारूढ दलका नेताहरूसँग रहेको देखिएको...
काठमाडौं,१५ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका पुराना फाइल खोल्न सरकारलाई आफ्नो पार्टीबाट प्रेरणा लिएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले रास्वपाले भ्रष्टाचारविरूद्धको आवाजलाई बुलन्द पारेको र सरकारले त्यसैबाट प्रेरणा लिएर...
काठमाडौं,१५ साउन। आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले बताएका छन् । रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म लगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन...
काठमाडौँ,१५ श्रावण। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन–चैतमा विशेष महाधिवेशन गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विशेष महाधिवेशन आउँदो फागुन–चैत महिनामा गर्नेबारे प्रस्ताव लैजाने निर्णय गरिएको...
काठमाडौं,१५ साउन। टीआरसी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई आग्रह गरेका छन् । सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् । संक्रमणकालीन न्यायसँग जोडिएका...
चितवन,१४ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गोरखा नगरपालिका अध्यक्षसहित १४ जनाले पार्टी छाडेका छन् । नगर सभापति ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रबिन आचार्यसहितले विज्ञप्ति निकालेर पार्टीबाट अलग भएको जानकारी गराएका हुन् । उनीहरूले सामाजिक काममा क्रियाशील...
भरतपुर, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको...
काठमाडौं,१४ साउन । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोसी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । कोसी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् । नेपाली कांग्रेसका...









