सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखाका नगर सभापतिसहित १४ नेताले छाडे डा. बाबुराम भट्टराईको साथ


  •    न्युजभित्तो/१४ श्रावण २०८०, आईतवार १६:५२ 
  • चितवन,१४ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गोरखा नगरपालिका अध्यक्षसहित १४ जनाले पार्टी छाडेका छन् ।

    नगर सभापति ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रबिन आचार्यसहितले विज्ञप्ति निकालेर पार्टीबाट अलग भएको जानकारी गराएका हुन् ।

    उनीहरूले सामाजिक काममा क्रियाशील रहने भन्दै पार्टीबाट अलग भएका हुन् । ‘पछिल्लो चरण अन्य पार्टी र वैकल्पिक भन्ने हाम्रो नेसपा पार्टीबीच कुनै भिन्नता नहुने स्थिति देखा पर्दै गयो,’ नेतृत्वको आलोचना गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘उही पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व नै हाबी हुन थालेपछि जनताको आशा र हामीले सोचेको वैकल्पिक शक्ति निर्माण महाअभियान यात्रा पुरानो बाटोतिरै फर्किएको अनुभूति भयो ।’

    गोरखा नेसपा अध्यक्ष बाबुराम भट्टराईको गृहजिल्ला हो । नेसपाले ६ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेका बेला अध्यक्ष भट्टराईकै गृह जिल्लाका नगर सभापतिसहित १४ जनाले उनको साथ छाडेका छन् । पार्टी छाडेकाहरूले पार्टीका जिल्ला तहको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टिसमेत जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.