सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन तस्करीमा दावा छिरिङको माओवादी कनेक्सन महरादेखि पूर्व उपराष्ट्रपति पुनसम्म


  •    न्युजभित्तो/१६ श्रावण २०८०, मंगलवार १०:३७ 
  • काठमाण्डौ,१६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा ‘कनेक्सन’ देखिएपछि आइतबार काठमाडौँको ठमेलबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको राजनीतिक कनेक्सन कडा देखिएको छ।

    काठमाडौँ ठमेलबाट आइतबार बिहान पक्राउ परेका दावाको राजनीतिक कनेक्सन वर्तमान सत्तारूढ दलका नेताहरूसँग रहेको देखिएको छ। त्यसमा विशेष गरी नेकपा माओवादी केन्द्रका नेताहरुसँग उनको कनेक्सन देखिएको छ।

    तर अहिलेको सुन प्रकरणमा उनले माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क गरे नगरेको विषयमा अनुसन्धान हुँदैछ। विगतमा दावाको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ। उनीहरूसँग के कति कारणले दावाको सम्पर्क भयो भन्नेबारे केही खुलेको छैन। तर दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनीहरू पनि सँगै खाना खाएको र बसेको देखिन्छ।

    राजश्व विभागको टोलीले काठमाडौँको ठमेलस्थित होटेल भियनामा छापा मारेर दावालाई पक्रेको हो। ठमेलमा सञ्चालित होटेल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले आइतबार बिहान छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो।

    चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेसँगै सुन तस्करी अनुसन्धानको सुई राजनीतितिर सोझिएको हो। अहिलेको सुन तस्करी काण्डमा छिरिङको कहीँ न कहीँ संलग्नता जोडिएको केही ‘क्लु’ फेला परेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

    ‘उनीसँग नेपाली नागरिकता पनि भएको सुन्नमा आएको छ। प्रहरीले उनीमाथि निगरानी पनि गरिरहेको रहेछ,’उनले भने। छिरिङको राजनीतिक कनेक्सनबारे भने उनले अनुसन्धान चलिरहेको भन्दै केही बताउन चाहेनन्। ‘भर्खरै पक्राउ परेका छन् अनुसन्धान हुँदैछ,’ उनले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.