हामी सुविधा सम्पन्न जीवनयापन छाडेर देश निर्माण गर्न आयौँः रवि लामिछाने
न्युजभित्तो/१५ श्रावण २०८०, सोमबार १४:११
काठमाडौं,१५ साउन। आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले बताएका छन् ।
रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म लगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौं । व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौं ।’