सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रष्टाचारका फाइल खोल्न सरकारलाई रास्वपाबाट प्रेरणा मिलेको हो: रवि लामिछाने


  •    न्युजभित्तो/१५ श्रावण २०८०, सोमबार १६:५८ 
  • काठमाडौं,१५ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका पुराना फाइल खोल्न सरकारलाई आफ्नो पार्टीबाट प्रेरणा लिएको बताएका छन्।

    सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले रास्वपाले भ्रष्टाचारविरूद्धको आवाजलाई बुलन्द पारेको र सरकारले त्यसैबाट प्रेरणा लिएर पुराना फाइल खोलेको बताएका हुन्।

    ‘मैले सरकारको काम कारबाहीलाई पनि भनेको छु, जसरी भ्रष्टाचारविरूद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो। सम्भवतः यो आगमनले कहीँ न कहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,’ उनले भने।

    पुराना दलले २०८४ साललाई सम्झेर पनि भ्रष्टाचारका फाइल खोलेको उनको भनाइ छ। यसलाई आफूले राम्रो संकेतको रूपमा लिएको उनले बताए।

    ‘अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो केरु भन्ने लागेकै हुनुपर्छ।यसमा हामी खुशी छौं,’ उनले भने, ‘सरकारले आउने निर्वाचनसम्ममा भ्रष्टाचारबारे धेरै सरसफाइ गर्न भ्याएछ भने हाम्रो काम पनि सजिलै हुनेछ।’

    ‍रास्वपाको उपस्थितिले राजनीतिक दलहरू चलायमान उनको दाबी छ।

    ‘हाम्रो उपस्थितिले मात्रै पनि सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरूमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ। यो आफैंमा एउटा राम्रो संकेत हो,’ उनले भने।

    त्यसैगरी उनले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरूलाई मतदान गर्न आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको पनि बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.