अन्तर्राष्ट्रिय

शुक्रग्रहमा नासाले दुईवटा अन्तरीक्ष मिसन पठाउने, २०२८ र २०३० बीचमा ती मिसन सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौं,२० जेठ । अमेरिकी अन्तरिक्ष नियोग नासाले दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अध्ययन गर्न दुई दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाले शुक्रमा आफ्नो खोज पृथ्वी जीवन्त भएपनि उसको नजिकको छिमेकी ग्रह किन आगोको गोलाजस्तो बन्यो भनेर केन्द्रित गर्नेछ...

भारतमा २८ सयको मुत्यु, १ लाख ३४ हजार संक्रमित थपिए
-न्युजभित्तो

दिल्ली,२० जेठ । भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख ३४ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् भने २लाख ११ हजार...

फिल्ममा फर्कने तयारीमा टेलर स्वीफ्ट, निर्देशक रसेलसँग टीमअप गर्ने
-न्युजभित्तो

लस एन्जल्स,१९ जेठ । अमेरिकी गायिका टेलर स्वीफ्टलाई पुनः फिल्ममा देख्न पाइने भएको छ । रसेल आफैको लेखन एवं निर्देशन रहेको फिल्ममा हलिउडका हु-इज-हु स्टार कास्टरहरु समावेश छन् । स्वीफ्टसहित फिल्ममा मार्गेट रोवी, क्रिस्टियन बेल, जोन डेभिड वासिङ्टन, रमी मलिक, जोय...

भारतमा संक्रमण र मृत्युदर पुनः बढ्यो, एकैदिन ३२ सय जनाको मृत्यु
-न्युजभित्तो

दिल्ली,१९ जेठ । कोरोनाभाइरस संक्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ लाख ३२ हजार ७ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३१...

शनायाको बोल्ड फोटोसुट
-न्युजभित्तो

बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् । शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् । उनले, यो बर्ष...

भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ
-न्युजभित्तो

दिल्ली,१७ जेठ । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ । भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ । घटनाको अनुसन्धान पछि सामाजिक...

कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटना पाँच प्रहरीको मृत्यु
-न्युजभित्तो

बोगोटा,१७ जेठ । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका...

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु
-न्युजभित्तो

वासिङ्टन, १६ जेठ  । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट...

चार जना युरोपेली मुलुकका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने
-न्युजभित्तो

बेइजिङ,१४ जेठ । पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीनको भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन्...

अमेरिकामा गोली प्रहारबाट थप ८ जनाको मृत्यु
-न्युजभित्तो

क्यालिफोर्निया,१३ जेठ । अमेरिकाको क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एक कामदारले गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । उनले हत्या गरेर आफ्नो पनि ज्यान लिएको प्रहरीले जनाएको छ । सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका...