सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकाद्वारा ५९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध, बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १३:३८ 
  • न्यूयोर्क,२१ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्ला समकक्षी डोनाल्ड ट्रम्पले झन्डै एकदर्जन चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएका छन् ।

    सीएनएनका अनुसार चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका ती कम्पनीमाथि लगाइएको प्रतिबन्धको समय बिस्तार गरिएको हो ।

    बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दैै राष्ट्रपति बाइडेनले ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गरेका छन् ।

    ती कम्पनीसँग कारोवार गर्दा सम्भावित जोखिम हुनसक्ने ह्वाइट हाउसको ठम्याइ छ । गत नोभेम्बरमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए ।

    ती कम्पनीले चिनियाँ सेनालाई मद्दत गर्ने आशंका गर्दै त्यस्तो कदम चालिएको ट्रम्पको दाबी थियो ।

    बाइडेनको यो कार्यकारी आदेश अगस्ट २ देखि लागु हुने जनाइएको छ । अमेरिकाले रोक लगाएका अधिकांश चिनियाँ कम्पनीहरु प्रविधि र व्यापारसँग सम्बन्धित रहेका छन् ।

    प्रतिबन्ध लगाइएकामा चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावे र हिकभिजन समेत रहेका छन् । चाइना मोबाइल, चाइना टेलिकम्युनिकेसन्स र चाइना युनिकम पनि प्रतिबन्धको सूचीमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.