राष्ट्रिय

सडक अवरुद्ध हुँदा सङ्क्रमितलाई लिन गएको टोली रोकियो
-न्युजभित्तो

स्याङ्जा, १६ जेठ । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका...

सुन्दर हिमाली क्षेत्रमा पनि फोहरको समस्या
-न्युजभित्तो

जाजरकोट, १६ जेठ । पर्यावरणीय तथा जनजीविकाका हिसाबले अति महत्वपूर्ण हिमाल तथा उच्च पाटनहरु अनियन्त्रित मानवीय गतिविधिका कारण जोखिममा पर्दै गएको देखिएको छ । वर्षेनी बढ्दै गएको मानवीय अनियन्त्रित क्रियाकलापका कारण देशका सुन्दर हिमाली क्षेत्रको विकासभन्दा विनाश बढ्ने गरेको पाइएको...

विपक्षी गठबन्धनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा के छ?
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको विपक्षी गठबन्धनको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता...

ग्यास पड्किँदा आमाछोरा घाइते
-न्युजभित्तो

चितवन, १६ जेठ । भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको...

ओलीले बोलाए स्थायी कमिटी बैठक, १२ जना माथि कारवाही हुन सक्ने!
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ। प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। साँझ पाँच बजे बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षका १२ जनालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने बताइएको छ। स्पष्टीकरण सोधिएका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल,...

सुनको मूल्य ९४ हजार पुग्यो
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । आइतबार सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन...

‘ननकोभिड’ बिरामीलाई टेलिमेडिसिन सेवा
-न्युजभित्तो

झापा, १६ जेठ । कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर,...

बाँदर र गाईलाई नियमित खाना खुवाउँदै चन्दन अग्रवाल
-न्युजभित्तो

चितवन, १६ जेठ । यहाँका एक युवा उद्यमीले बाँदर र गाईलाई नियमित खाना खुवाउँदै आउनुभएको छ । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै अउनुभएको हो । भरतपुर महानगरपालिका–१ निवासी चन्दन...

करमा यस्ता छन् छुट तथा सहुलियत
-न्युजभित्तो

काठमाडौँ,१६ जेठ । सरकारले आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरू निर्धारण गर्दा मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित प्रतिकूल अवस्थामा करदातालाई राहत एवम् सहुलियत सहित  शीघ्र आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको छ। कोभिड- 19 महामारीबाट प्रभावित उद्योग, व्यवसायलाई...

हेलिकप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै
-न्युजभित्तो

बलेवा, १६ जेठ । एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा काठमाडाँै लैजाने गरेको थियो । हेलिकप्टरका लागि स्थानीयवासीले रु चार लाखसम्म खर्च...