सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार ०७:४८ 
  • ध्रुवसागर शर्मा
    गलेश्वर, १९ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको हुनुभयो । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो ।

    उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुवभ छन् । उतिबेला दलबहादुरले भोगेका कैयौँ अनुभव अहिले आफैँलाई नौलो लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुवभव छ जुन उहाँ कहिल्यै भुल्नु हुन्न । पन्ध्र दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ । त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ ।

    गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन तर अहिले गाउँघरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा छन्त्याल दङ्ग हुनुहुन्छ । छन्त्याल मात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधाहरु पुुगेपछि यहाँको बासिन्दाको खुसीको सीमा नै छैन । सडक बनेर गाडीमार्फत बुटबल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्त पार गरेका यहाँका वृद्धवृद्धाहरुले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।

    गत फागुनमा दग्नामको अक्करे भीरलाई फोरेर दर्मिजा, चिमखोला र कुइनेमङ्गलेसम्म गाडी पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसीयाली छाएको हो । “हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिइनँ, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ”, कुइनेमङ्गलेका अर्का वृद्ध फबहादुर छन्त्यालले मुस्कुराउँदै भन्नुभयो, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अल्ली तल जानु प¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोसौँ टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला हिँड्न पनि गाह्रो लाग्छ ।”

    उहाँले जिल्ला सदरमुकाम बेनी बजार आउजाउ गर्न एक साता लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुख पाएको बताउनुभयो । “कागज पत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बेनी पुग्दा दुई दिन, फर्किँदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो”, छन्त्यालले भन्नुभयो, “अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र रु”

    उहाँले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताउनुभयो । “पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन रु, अहिले कस्तो भयो रु, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, छन्त्यालले भन्नुभयो “अहिले त सबथोक छ, के छैन रु, उति बेला घ्यू बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

    छन्त्यालले आफूले गाईभैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको बिँडो नथाम्ने चिन्ता व्यक्त गर्नभयो । “मैले जन्मेको पाँच÷छ वर्षदेखिनै गाईभैँसीको गोठालो गर्न थालेको हूँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिने बित्तिकै पढ्न जान्छन्”, उहाँले भन्नुभयो, “यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठोले गर्थे रु, अब पछिपछि त यो गाईभैँसी भन्ने पनि पाइँदैन कि क्या हो ।”

    गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माण भएर गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासीले यस्तो सुविधा पाएका हुन् । अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीहरुसँगको साझेदारीमा सडकको ट्र्याक खुलेको हो । विसं २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताउनुभयो । यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् ।

    खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासी सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् । यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । उहाँले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नसमेत सडकले सघाउने बताउनुभयो ।

    आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा रु १८ करोडभन्दा बढी बजेट खर्च भएको रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.