सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिराले स्वास्थ्यचौकी उच्च जोखिममा


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १५:३७ 
  • गलकोट, १८ जेठ । बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर हुँदै बौडैचौर चापाखर्क जाने सकड बन्द भएको छ । दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थ्य चौकीको नयाँ भवन मुनि गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो ।

    लगातारको चार दिन परेको वर्षाका कारण पहिरो बढेर स्वास्थ्य चौकीमुनीको सडकसमेत बन्द गरेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवासमेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको र सडकसमेतको विकल्प खोज्नुपर्ने अवस्था छ ।

    “स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्ष नै भासिएको थियो, अहिले त झन पहिरो बढेर सडकसमेत पुरेको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भन्नुभयो, “भवन निर्माण गर्दा उपयुक्त जग्गा छनोट नभएका कारण र अव्यवस्थित सडकका कारण स्वास्थ्यचौकी पहिरोको जोखिममा परेको छ ।” तत्कालै पहिरोको विषयमा बागलुङ नगरपालिकालाई जानकारी गराएपछि नगरप्रमुख जनकराज पौडेलले सोमबार जोखिममा रहेको स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो । नगरप्रमुख पौडेलले ततलै सडकबाट ग्याविन राखेर सडक खुलाउने र स्वास्थ्यचौकीको पहिरो रोकथाम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तत्कालै समस्याको समाधानतर्फ नलाग्ने हो भने स्वास्थ्य चौकी विस्थापित हुने खतरा भएको स्थानीयको गुनासो छ ।

    स्वास्थ्य चौकीको अग्रभागको ढलान छिया–छिया भएर चर्किएको छ । भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्नु पूर्वसावधानी नअपनाउँदा भएको स्थानीयको भनाइ छ । सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपयुक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

    झण्डै २५० मिटर तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घरसमेत उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.