सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निषेधाज्ञा खुकुलो पारेर जेठ मसान्तसम्म लम्ब्याउने तयारी


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १०:०६ 
  • चितवन,१९ जेठ । चितवनमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको छ । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ । यसपटक केही खुकुलो पारेर निषेधाज्ञाको अवधि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । यस अवधिमा चितवनमा कोरोना संक्रमणको दर केही घट्न थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भइरहेको हो ।

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छलफल पश्चात आजै निषेधाज्ञाको अवधि बढाईने  जानकारी दिए । ‘जिल्लामा संक्रमणदर घट्दो छ, सबैको सल्लाह अनुसार आज निर्णय लिन्छौँ, केही खुकुलो पार्ने की भन्ने सुझाव छ’–प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ।

    वैशाखमा भएको निषेधाज्ञा केही खुकुलो भए पनि जेठमा भएको निषेज्ञामा कडाइँ गरिएको थियो । प्रहरीले अनावश्यक हिडडुल गर्नेहरुको सवारी साधान २४ घण्टा होल्ड गर्न थालेको थियो भने केहीलाई जरिवाना समेत तिराउने गरेको थियो । यस्तै निषेधाज्ञाको अवधिमा खाद्यान्न पसलहरु साताको दिन विहान ३ घण्टा मात्रै खोल्न पाउने गरी कडाइ गरेको थियो । अहिले थप गरिने अवधिमा खाद्यान्न पसलहरुलाई केही खुकुलो पार्ने तयारी छ । यस्तै प्रशासनले थप कडाई गर्दै वाणिज्य बैंकहरु मात्रै साताका तीन दिन संचालन गर्न दिने निर्णय गरेको थियो । यसमा पनि केही परिमार्जन हुन सक्ने बताइएको छ ।

    चितवनमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको छ । एक समय दैनिकजसो चार सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका थियो । मंगलबार भने जम्मा १७३ जनामा संक्रमण पुष्टि भयो । चितवनमा हालसम्म कुल संक्रमितको संख्या १३ हजार ८८९ पुगेको छ भने ८ हजार ८२४ जना निको भएका छन् । यस्तै अहिले ४ हजार ८४५ जना सक्रिय संक्रमित रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.