राष्ट्रिय

चितवन जिल्लामा ७६ कोरोना सङ्क्रमित थपिए
-न्युजभित्तो

 चितवन,१८ असार । जिल्लामा पछिल्ला चौबिस घण्टामा ७६ जनाको कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा ४२ जना पिसिआर बिधिबाट र ३४ जना एण्टिजिन प्रबिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय २०...

अवरुद्ध कर्णाली करिडोर खुला
-न्युजभित्तो

मान्म, १८ असार । कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा आएको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरुद्ध भएको थियो । कर्णाली करिडोरमा आएको सुक्खा पहिरो...

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १८ असार । नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको...

नेपाल कम्युनिष्ट पार्टीले चार महिने अभियान सञ्चालन गर्ने
-न्युजभित्तो

 चितवन,१८ असार । नेपाल कम्युनिष्ट पार्टी चितवनले जिल्लामा चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको २१ औं जिल्ला बैठकले वर्तमान सरकार र स्थानिय तहका बिषयमा भण्डाफोर गर्दै चार महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । आज नारायणगढमा...

बाढीपहिरो र डुबानमा परी हालसम्म ३४ जनाको मृत्यु, २४ जना बेपत्ता
-न्युजभित्तो

काठमाडौँ, १८ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र...

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस समाप्त, सभामुखका तर्फबाट आइतबार
-न्युजभित्तो

काठमाडौँ, १८ असार ।  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गर्नुभएको थियो । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी...

वामदेव गौतमले भने, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन
-न्युजभित्तो

काठमाडौं,१८ असार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए । ‘मुख्य नेतालाई सम्मानजनक...

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पठाउने तयारी
-न्युजभित्तो

काठमाडौं,१८ असार । चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी सरकारले गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ । जहाज ८...

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै, सुत्केरी सेवा लिने बढे
-न्युजभित्तो

चितवन, १८ असार  । भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो । भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया...

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग
-न्युजभित्तो

झापा, १८ असार । गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो ।...