सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नासों गाउँपालिका–५ का वडाध्यक्षको निधन


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १३:०७ 
  • मनाङ, २२ असार । नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ । पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो।

    नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ । आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उहाँ काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किनुभएको थियो ।

    गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बस्नुभएका उहाँ हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो । उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुयाइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उहाँको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.