सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टोखाले तीन हजार नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १०:३९ 
  • काठमाडौँ, २२ असार । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत तीन हजार जनाको पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने बताएको हो ।
    नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने नगरवासीको मौलिक हकलाई सुनिश्चित गर्दै केन्द्र सरकारबाट प्रदान गरिने निःशुल्क औषधिका साथै नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउने बताउनुभयो । वडा नं २ मा स्थापना भएको टोखा चण्डेश्वरी प्राथमिक केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिनका लागि नगरवासीलाई अभिप्रेरित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
    नगरपालिकाभित्रका गर्भवती एवं सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै टोखाले ‘महिलासँग उपमेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत गर्भवती एवं सुत्केरीलाई निःशुल्क क्याल्सियम, फोलिक एसिड चक्की र निःशुल्क गर्भ परीक्षण सेवा उपलब्ध गराइने भएको छ । गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र प्रजनन स्वास्थ्य प्रवद्र्धनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो ।
    नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न खोप केन्द्र निर्माण गरी बालबालिका तथा जोखिममा रहेका वयस्कहरुका लागि थप खोप प्रदान गर्ने भएको छ । यस्तै शारीरिक एवं मानसिक स्वास्थ्यका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘एक वडा, एक योग ध्यान केन्द्र तथा व्यायामशाला’ निर्माणकार्यलाई अगाडि बढाउने बताइएको छ । यो गत वर्षदेखि शुरुआत गरिएको कार्यक्रम हो । नगर क्षेत्रका निजी अस्पताल तथा क्लिनिकले नगरवासीलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कम्तीमा १५ प्रतिशत छुट गराउने कार्यलाई पहल गर्ने नगरपालिकाले जनाएको छ ।
    टोखामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, इसान बाल अस्पताल वसुन्धरा, ग्रीनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल एवं प्रसूतिगृह गोँगबु गरी निजी लगानीमा सञ्चालित पाँचवटा अस्पताल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.