सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउन १ देखि आईएमईआई दर्ता अनिवार्य, नत्र चल्ने छैनन् मोबाइल


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १२:२४ 
  • काठमाडौं, २२ असार। साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

    व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । साउन १ अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने प्राधिकरणले जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले  भने, ‘साउन १ गते पछाडि आउने मोबाइल आईएमईआई नम्बर दर्ता गरिएको छैन भने चल्दैन । साउन १ गते अगाडिदेखि नै चलाइरहेका मोबाइलहरुको हकमा भने अहिले समस्या पर्दैन । तर सबैले आईएमईआई नम्बर दर्ता गर्दा राम्रो हुन्छ ।’ साउन १ गतेभन्दा अगाडि देखि नै प्रयोगमा आइरहेका मोबाइलको डाटा प्राधिकरणको प्रणालीमा डाटा बसिसकेको हुनाले आईएमईआई नम्बर दर्ता नगर्दा पनि चल्ने उनले बताए ।

    आईएमईआई नम्बर कसरी दर्ता गर्ने ?

    इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । मोबाइलको कभरमै आईएमईआई नम्बर हुन्छ । कभर छैन भने पनि *#06# डायल गर्दा पनि आफ्नो मोबाइलको आईएमईआई नम्बर देखिन्छ ।

    यो नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशन भन्ने स्थानमा गएर दर्ता गर्न सकिन्छ । मोबाइल सेटका व्यवसायीहरुले आफैं यो नम्बर दर्ता गरेका हुन्छन् । कसै–कसैले आईएमईआई नम्बर दर्ता नगरीकन पनि बेच्ने गरेको पाइएको बताउँदै निर्देशक पौडेलले त्यसो गर्नु दण्डनीय हुने बताए ।

    फाइदा के हुन्छ ?

    आईएमईआई नम्बर हरेक मोबाइलको फरक फरक हुने भएकाले एकअर्कासँग मिल्दैन । यदि मोबाइल हरायो भने यही नम्बरको आधारमा खोज्न सजिलो हुन्छ । यस्तो नियमबाट आपराधिक क्रियाकलापमा कमी आउने र सरकारको राजश्व पनि वृद्धि हुने प्राधिकरणको विश्वास छ ।

    प्राधिकरणका निर्देशक पौडेलले यसको फाइदाबारे भने, ‘व्यक्तिगत फाइदाको कुरा गर्ने हो भने मोबाइल हरायो वा चोरी भयो भने खोज्न सजिलो हुन्छ, क्रिमिनल एक्टिभिटी अनुसन्धान गर्न पनि सहयोग पुग्छ । राज्यको तर्फबाट कुरा गर्ने हो भने राजश्व छली रोकिन्छ ।’ आईएमईआई नम्बर दर्ता अनिवार्य गर्दा राजश्व छलेर अवैध रुपमा मोबाइल भित्राउने काम रोकिने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.