सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यपहाडी राजमार्ग अवरुद्ध


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार ११:३७ 
  • गलकोट, २२ असार । निरन्तरको वर्षात्का कारण मध्यपहाडी(पुष्पलाल) राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो ।

    दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो । निरन्तरको वर्षात्पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । आज अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ ।

    वर्षात्का कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

    बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.