सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुधबारदेखि तीन दिनसम्म ठूलो वर्षा हुनसक्ने


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १४:३० 
  • चितवन,२२ असार । एक सातादेखि लगातार परेको पानी सोमबार बिहानदेखि रोकिएको छ। मनसुनी प्रणाली निष्क्रिय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सक्रिय भएर पश्चिमतर्फ बहने भएकाले बुधबार, बिहीबार र शुक्रबार ठूलो वर्षा हुने महाशाखाको भनाइ छ। तीन दिन भारी वर्षा हुने भएकाले नदीहरुमा पानीको बहाव बढी जोखिम हुनसक्ने जनाइएको छ।

    जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा मुख्य २० वटा मौसम स्टेशनबाट गरिएको मापनमा हालसम्म ३६.७ प्रतिशत वर्षा भइसकेको छ। नेपालमा मनसुन अवधिभर (जेठ–१७ देखि असोज १५ गतेसम्म) एक हजार ४०२ मिलिमिटर औसत वर्षा हुने गर्छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.