राजनीति
चितवन,२८ पुस । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउँदै छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि प्रधानमन्त्रीले विश्वासको मत...
काठमाडौँ,२८ पुस । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छैनन् । बिहीबार दिउँसो...
काठमाडौँ,२७ पुस। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् । माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन...
काठमाडौं, २७ पुस ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखबाट पुस २६ गते मंगलबार दुई मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासका मत लिने भएका हुन् । ...
काठमाडौँ,२६ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतमा समर्थन गर्दैै उनले प्रधानमन्त्रीले जनतालाई दिने सेवा...
काठमाडौँ,२६ पुस। नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको हेक्का राख्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतमा बोल्दै...
काठमाडौं,२६ पुस। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारलाई गरेको समर्थन माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुने टिप्पणी गरेका छन् । आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई...
काठमाडौं,२६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उहाँले भन्नुभयो, “हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति...
काठमाडौं, २६ पुस । नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल...
काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर कांग्रेसका...










