सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउँदै रवि


  •    न्युजभित्तो/२८ पुष २०७९, बिहीबार ११:०७ 
  • चितवन,२८ पुस  । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउँदै छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए । १४औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । गृहमन्त्री लामिछानेले यसअघि नै आफुले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

    त्यसअघि गृहमन्त्री लामिछानेसँग बिहान १०ः३० बजे भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । त्यसपछि ११ बजे पोल्ट्री व्यवसायी र गृहमन्त्री बीच भरतपुर गार्डेनमा अन्तरक्रिया हुने छ । दिउँसो १ बजे खैरहनीमा आजदेखि सुरु हुन लागेको खिचरा महोत्सवको उद्घाटन गर्न पुग्ने सिग्देलले जानकारी दिए ।

    महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर आउने छन् । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उनले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्ने छन् । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.