सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/२७ पुष २०७९, बुधबार १६:०४ 
  • काठमाडौँ,२७ पुस। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् ।

    माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    “मैले यसलाई सङ्कल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसङ्गठनले साथ दिनुपर्छ”, उनले भने, “सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रुपले पहलकदमी गर्नुपर्नेछ ।”

    सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उहाँले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए । “जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ ।”

    अध्यक्ष दाहालले जनताको घरघरमा पार्टीलाई विस्तार गर्न र पार्टी सुदृढीकरणको अभियानलाई व्यापक बनाउन आग्रह गरे । पार्टीमा युवाको सहभागिता बढाउन २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाउँदै उनले पार्टी निर्माणमा लाग्न युवालाई निर्देशन दिए ।

    राजधानीमा मङ्गलबारदेखि सुरु तेस्रो पूर्ण बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । बैठकको पहिलो दिन उपाध्यक्ष कृष्णबहादुर महराले प्रशिक्षण दिएका थिए । वाइसिएलले ‘जनताको घरदैलोमा वाइसिएल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.