सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, हेक्का रहोस् : अध्यक्ष नेपाल


  •    न्युजभित्तो/२६ पुष २०७९, मंगलवार १६:१८ 
  • काठमाडौँ,२६ पुस। नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको हेक्का राख्न चेतावनी दिएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतमा बोल्दै संसद विघटनलाई कहिले पनि संवैधानिक भन्न नसकिने स्पष्ट पारेका हुन् । नेपालले एमालेका अध्यक्ष ओलीलाई लक्षित गर्दै संसद विघटन वैधानिक हुनै नसक्ने बताए ।

    उनले संसद विघटन गर्न पाइँदैन भन्ने प्रबन्ध हाम्रो संविधानमा भइसकेको पनि उनले स्मरण गरे । नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न समेत गरेका छन् ।

    उनले प्रधानमन्त्रीलाई आफूखुसी संसद् विघटन गर्ने छुट नभएको भन्दै ओलीले संसद विघटन प्रतिगमन नभएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने चेतावनी दिएका हुन् ।

    उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको बताए । उनले अधिकारको मागसँगै कर्तव्यप्रति उत्तिकै जिम्मेवार नबनेको परिस्थितिमा सरकारले भने जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री नेपालले भने, “मुलुकमा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएर अघि बढ्न सके देशका लागि ठूलो काम भएको मानिनेछ ।” पूर्वपश्चिम राजमार्गलाई खाल्डाखुल्डीविहीन तुल्याउन, दू्रतमार्गलाई छिटो अघि बढाउने, चुरे संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखियोस् भन्दै पूर्वप्रधानमन्त्री नेपालले भने, “शिक्षा र स्वास्थ्यलाई जोड दिँदै कार्यशैली परिवर्तन, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान दिइयोस् ।”

    आफूहरुले चाहेको व्यक्ति नै प्रधानमन्त्री भएको र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत समर्थन गरिसकेपछि विश्वासको मतसम्बन्धी विषय स्वतः अघि बढिसकेको उनको भनाइ थियो । उनले सरकारलाई आफ्नो पार्टीका तर्फबाट समर्थन गर्दै विश्वासको मत दिने प्रतिबद्धता जनाए ।

    एक प्रसङ्गमा उनले अहिले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको पाटोमा भने हेक्का गर्न सुझाव दिए । ऊर्जा र पर्यटन विकास, अर्थतन्त्रको सुधार र कृषिको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उनले संविधानको रक्षा, कानुनको पालना र सङ्घीयताको कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.