सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका ६ स्थानीय तहले सार्वजनिक गरेनन् कार्यपालिका निर्णय


  •    न्युजभित्तो/२६ फाल्गुन २०७९, शुक्रबार ११:२४ 
  • चितवन,२६ फाल्गुन। चितवनका अधिकांश स्थानीय तहले कार्यपालिका निर्णय नियमित सार्वजनिक गरेका छैनन् । जिल्लाका सात स्थानीय तहमध्ये छ स्थानीय तहले निर्णय सार्वजनिक नगरेका हुन् । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट बनाइदिएको छ । तर त्यो प्रभावकारी कार्यान्वयन भएको छैन ।

    जिल्लाको सबैभन्दा सानो स्थानीय तह इच्छाकामना गाउँपालिकाले मात्रै कार्यपालिका निर्णय नियमित रुपमा सार्वजनिक गर्दै आएको छ । स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ । इच्छाकामनामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना कार्यपालिका निर्णय सार्वजनिक हुँदै आएको छ ।

    इच्छाकामनाले सूचना तथा निर्णय सार्वजनिक गर्ने कार्यमा उदाहरणीय कार्य गरेको छ । यद्यपी इच्छाकामनाले गरेको यस कार्यबाट जिल्लाका अन्य स्थानीय तहले पाठ सिकेका छैनन् । माडी नगरपालिकाले २०७६ भदौ ८ गतेपछि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन । निर्णय सार्वजनिक गर्ने विषयलाई अब बस्ने कार्यपालिका बैठकमा उठाउने माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं २ का वडाध्यक्ष डण्डपाणी पौडेल बताउँछन् ।

    कार्यपालिका निर्णय सार्वजनिक भए÷नभएको बारे अनभिज्ञ देखिएका पौडेलले भने, ‘यो महिनाको कार्यपालिका बैठक अब हुनेवाला छ । बैठकमा यो विषय उठाउँछु ।’ नगरपालिकाको कार्यपालिका बैठक भने नियमित रुपमा हुँदै आएको उनले बताए ।

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाले पनि कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको छैन । महानगरमा नयाँ जनप्रतिनिधि आएपछि बैठकका निर्णय सार्वजनिक गर्ने कुरालाई बेवास्ता गर्न थालेको देखिन्छ । महानगरले पछिल्लो पटक गएको असार २९ गते बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको थियो ।

    स्थानीय तहले गरेका निर्णयहरु आफ्नो वेबसाइटमार्फत अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार राना स्वीकार गर्छन् । ‘कार्यपालिका बैठकका निर्णय एक महिनाभित्र वेबसाइटमा राख्नैपर्छ । त्यो राखिदिन म कर्मचारीलाई भन्छु’, उनले भने ।

    पूर्वी चितवनका चार पालिकाले पनि बोर्ड बैठकका निर्णय नियमित सार्वजनिक गरेका छैनन् । रत्ननगर नगरपालिकाले गएको असोज ५ गतेपछि भएका निर्णय सार्वजनिक गरेको छैन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले नगरपालिकामा आइटी अफिसर भर्खर मात्रै नियुक्ति भएकाले निर्णय सार्वजनिक गर्न ढिलाई भएको हुन सक्ने बताए । ‘हामीले आइटी पछि नियुक्त ग¥यौँ । आइटी इन्जिनियरले त्यो राख्नुपर्ने भएकाले बीचमा छुटेको हुन सक्छ । त्यो राख्न कर्मचारीलाई भन्छु’, उनले भने ।

    खैरहनी नगरपालिको फागुन ४ गतेको कार्यपालिका बैठकको निर्णय भनेर आफ्नो वेबसाइटमा उल्लेख गरेको भएपनि त्यहाँ कुनै फाइल भेटिँदैन । माघसम्मका निर्णय नियमित सार्वजनिक गरेको खैरहनीले फागुनको मात्रै नगरेको देखिन्छ । त्यस्तै, राप्ती नगरपालिकाले माघसम्मका निर्णय सार्वजनिक गरेको छ ।

    कालिका नगरपालिकाले माघ ७ गतेसम्मको निर्णय सार्वजनिक गरेपनि निर्णय तथा सूचना सार्वजनिकलाई व्यवस्थित बनाउन सकेको छैन । नगरका सबै सूचना र कार्यपालिका बैठकका निर्णयलाई एकैठाउँमा हालेर गन्जागोल पारेको छ । स्थानीय तहका सूचना तथा निर्णयलाई जनतासम्म पु¥याउन स्थानीय तहले प्रवक्ता तोक्न पाउने पनि व्यवस्था छ । तर कतिपय स्थानीय तहले प्रवक्ता तोकेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.