खेलकुद
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुला गरेको छ । न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न यही भदौ १७ गते दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि...
काठमाडौँ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न...
कास्की । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ को आयोजनामा तीज महोत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको आज भएको फाइनल खेलमा विभागीय नेपाल पुलिसले हङ वाङगी न्यू—डाईमण्ड एकेडेमी काठमाडौँलाई...
काठमाडौँ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । आठौँ राष्ट्रिय...
कास्की । पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत...
काठमाडौँ । भारतले पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन...
काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन् । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको...
काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज २३ सदस्यीय टोली घोषणा गर्नुभएको...
काठमाडौँ । भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो । यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको...
काठमाडौँ । घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको साफ यु–१८ (अठार वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन् । आज सार्वजनिक गरिएको खेल तालिकानुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल...














