सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल क्रिकेट संघमाथिको निलम्बन आईसीसीद्वारा सशर्त फुकुवा


  •    न्युजभित्तो/२८ आश्विन २०७६, मंगलवार ०८:४० 
  • काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सशर्त फुकुवा गरेको छ । आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । दुबईमा बसेको आईसीसीका बैठकले नेपालसहित जिम्बाब्वे क्रिकेट संघमाथि लगाएको निलम्बन पनि फुकुवा गरेको छ ।

    आईसीसीको बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाबारे गम्भीर छलफल भएको बताइएको छ । चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय खेलकुद परिषद्ले उक्त अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिएर नयाँ तदर्थ समिति गठन गरेको थियो । सो घटनापछि क्यानमा राजनीतिक हस्तक्षेप भएको ठहर गर्दै आईसीसीले निलम्बन गरेको थियो ।

    निलम्बन फुकुवा गर्नका लागि आईसीसीले नेपाललाई आफ्नो रोडम्याप दिएको थियो । आईसीसीले दिएको रोडम्यापअनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो । यहि असोज ११ गते भएको निर्वाचनबाट पनि चन्द नै अध्यक्षमा निर्वाचित भएका छन् । आईसीसीका प्रतिनिधिको निगरानीमा भएको यो निर्वाचनलाई राखेपले मान्यता दिइसकेको छ भने आईसीसीले पनि स्वागत गरेको छ ।

    आईसीसीले क्यान निलम्बनको फुकुवाका लागि आर्थिक पारदर्शीता, क्यानको कार्यालय व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखेको थियो । आईसीसीका अध्यक्ष शंशाक मनोहरले नेपाली क्रिकेटमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसियट सदस्यको रुपमा सबै मापदण्ड परिपालना गराउनका लागि नेपाल क्रिकेट संघका लागि एउटा संक्रमणकालीन योजना पनि अघि सारिने र त्यसमा नियन्त्रित फण्डिङ पनि पर्ने बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.