सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि चितवनमा


  •    न्युजभित्तो/२८ आश्विन २०७६, मंगलवार १५:२४ 
  • चितवन । पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यूस्टार, सौराहा, पिठूवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

    आयोजकले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मूल संयोजक पुष्पराज जोशीले जानकारी दिनुभयो । पुम्सेतर्फ पुरुषको चार र महिलाको चार गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

    देशभरबाट ४०० खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर पुरुषतर्फ छ र सिनियर महिलातर्फ चार तौल समूहमा प्रथम हुने खेलाडीबीच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र दुई जना महिला खेलाडीलाई जनही रु एक/एक लाख पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिनुभयो ।

    यस्तै अन्य उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट समूह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद रु २५/२५ हजार पुरस्कार प्रदान गरिने छ । विजेता खेलाडी अमेरिकाको इस्टन मिसिगन विश्वविद्यालयमा सन २०२० को मे १ र २ मा हुने १३ औँ अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.