सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मौलाकालिका शान्ति दौड’को उपाधि राईलाई


  •    न्युजभित्तो/१९ आश्विन २०७६, आईतवार ०८:५४ 
  • भरतपुर । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जित्नुभएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४ मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जित्नुभएको हो ।

    नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उहाँले नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै २५.५ मिनेटमा दूरी पार गर्दै भोजपुरका सविन तामाङ द्वितीय हुनुभयो भने २७.१० मिनेटमा दूरी पार गर्दै जुम्लाका वीरेन्द्र रावल तृतीय हुनुभयो । उहाँहरुले क्रमशः रु १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    यस्तै चौथोदेखि १०औँ स्थान हासिल गरेका सात जनाले नगद रु एक/एक हजार सान्त्वना पुरस्कार प्राप्त गरेका नारायणगढ लायन्स क्लबका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टुका द्वितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गर्नुभयो । प्रत्येक वर्ष फूलपातीको दिन खुला शान्ति दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगितामा ४५ जना सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.