सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै जुम्लाका १४ वर्षीय मङ्गलराज

"सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाले अन्तिममा धोका दियो "

  •    न्यूजभित्तो/१७ आश्विन २०७६, शुक्रबार १२:२८ 
  • जुम्ला । जुम्लाको गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ गतेसम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए ।

    तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ, त्यसमाथि विपन्न परिवारका मङ्गलराज कसरी जाने भन्ने चिन्तामा थिए । उनका बाबु काले कामीले गाउँपालिकामा सहयोगको लागि अपिल गरे तर पहिला गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिले अन्तिममा आएर सहयोग गर्न नसकिने जानकारी दिएपछि उनमा निरासा छायो । छोराको प्रतिभा हुँदा पनि पैसाको कारणले छोराले खेल्ल नपाउने भयो भनेर उनी चिन्तित भए ।

    यो खबर गोठीचौर गाउँपालिकाका समाजसेवी गणेशबहादुर बुढासम्म पुग्यो । खबर पाएपछि समाजसेवी बुढाले जुम्ला चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतसँग सल्लाह गरी सबैसँग एक/दुई हजार गर्दै सहयोग सङ्कलन गरेर मङ्गललाई चाहिने रु एक लाख सहयोग रकम सङ्कलन गरी खेलाडी हस्तान्तरण गरे । आफू जाने रकम पाएपछि १४ वर्षे मङ्गलराजले सबैलाई धन्यवाद दिएका छन् । मङ्गलराजका बुबाको पनि सपना पूरा भएको छ ।

    नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सरकारले गर्ने दायित्व एक समाजसेवीले पूरा गरेको बताए । उनले भने, “एउटा गाउँपालिकाको इच्छा पूरा भएको छ, एउटा जिल्लाको इच्छा पूरा भएको छ भने सिङ्गो देशको इच्छा पूरा भएको छ । अबका दिनमा यस्ता खेललाई प्रोत्साहन र सहयोग गर्न अक्षयकोषको स्थापना गर्नुपर्छ ।”

    सहयोग अभियानकर्मी दनबहादुर बुढाले गाउँघरमा यस्तै समस्याको समाधान होस् भनी देश सङ्घीयता ल्याएको र स्थानीय सरकारको स्थापना भएको तर स्थानीय सरकारले आफूले गर्नुपर्ने दायित्व भुलेको बताउनुभयो । खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले योजना बनाउन नसकेको उहाँको भनाई छ ।

    सहयोग रकम सङ्कलनमा सहयोगी बनेका चन्ननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले खेल क्षेत्रलाई स्थानीय सरकारको प्रमुख प्रथामिकतामा राख्नुपर्ने र यसका लागि जनप्रतिनिधिलाई पनि खेल क्षेत्रको महत्वको जानकारी गराउनुपर्ने बताउनुभयो ।

    मङ्गलराज आगामी कात्तिक ६ गतेदेखि हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा ३४ किलो अन्तर्गत खेलमा सहभागी हुनेछन् भने उक्त प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.