सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधी दार्जिलिङलाई


  •    /७ आश्विन २०७६, मंगलवार २१:०७ 
  • चितवन । पाल्जर भुटिया पिटरको नायकी प्रदर्शनको मद्दतमा रोयल एफ सि दार्जिलिङले चितवनको इतिहासमै पहिलो पटक आयोजना भएको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को उपाधी जितेको छ । आज सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा झापा भेटेरानलाई सडन डेथमा पराजित गर्दै दार्जिलिङ च्याम्पियन बनेको हो ।

    निर्धारित समयको खेल १–१ को बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा दुबै टोलीबाट १–१ गोल मात्र भयो । दार्जिलिङले टाईब्रेकरमा फरवार्ड पाल्जर भुटिया पिटरलाई गोलरक्षकको जिम्मा दिएको थियो । टाईब्रेकरमा उनले झापाको २ प्रहार रोके । यस्तै झापाका गोलरक्षक रुपक गुरुङले पनि दार्जिलिङको २ प्रहार रोकेपछी टाईब्रेकरबाट निर्णय आउन सकेन र खेल सडन डेथमा धकेलियो । सडन डेथमा दार्जिलिङका गोलरक्षक पिटरले झापाको प्रहार रोके । अर्को तर्फ दार्जिलिङले गोल गरेपछि झापाले दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

    खेलको २० औं मिनेटमा झापाले आत्माघाती गोल गरेपछी दार्जिलिङले १–० को अग्रता लियो । दार्जिलिङका खेलाडीको प्रहार झापाका डिफेन्डरले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । पहिलो हाफमा १–० ले पछि परेको झापा दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ३३ औं मिनेटमा निरेन्द्रमणी लिम्बुले सुन्दर गोल गर्दै झापालाई खेलमा फर्काए । बाँकी समयमा दुबै टोलीले प्राप्त केही अवसर सदुपयोग गर्न नसकेपछि निर्धारित समयको खेल १–१ को बराबारी सकिएको थियो ।

    खेलको म्यान अफ द म्याच दार्जिलिङका पिटर घोषित भए । बिजेता बनेको दार्जिलिङले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपबिजेतामा सिमित भएको झापाले ५० हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । झापाका रुपक गुरुङ प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भए भने दार्जिलिङका प्रनव घोष उत्कृष्ट डिफेन्डर घोषित भए ।

    यस्तै दार्जिलिङका बि बान्तवा उत्कृष्ट मिडफिल्डर घोषित भए भने प्रतियोगिताभर ६ गोल गरेका दार्जिलिङकै पिटर सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । झापाका नरेन्द्रमणी लिम्बुले प्रतियोगिता भरको उत्कृष्ट खेलाडी बन्दै १० हजार प्राप्त गरे । उनीहरुलाई प्रदेश ३ का प्रदेश सभा सदस्य बिजय सुवेदी, अखिल नेपाल फुटबल संघ चितवनका अध्यक्ष श्री कृष्ण कार्की, आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभयो । गत असोज ४ गतेबाट शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोलीको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.