सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असोज २ देखि चितवनमा भेटेरान कप फूटबल


  •    /३० भाद्र २०७६, सोमबार १७:२६ 
  • भरतपुर । चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता हुने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् ।

    आयोजकले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ ।

    त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।
    प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी दुई टिम बनेका छन् । भारतबाट दुईवटा टिम सहभागी हुनेछन् । अरु सबै नेपालमा नाम कहलिएका टिमहरु हुने आयोजकले जनाएको छ ।
    प्रतियोगिता स्तरीय बनाउन त्यहीअनुसार तयारी गरिरहेको संयोजक बरुण वस्नेतले बताउनुभयो ।

    सहभागी क्लबहरुलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा ८–८ टोली रहने छन् । समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौंडा, अभिषेक चर्च नवलपुर, रोयल भेटेरान दार्जिलिङ (भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाईट किङ काठमाडौं र धरान भेटेरान क्लब छन् ।

    यस्तै समूह ‘बी’ मा चितवन भेटेरान (रातो) सहित सानो गौचरन काठमाडौं, रुपन्देही भेटेरान ११ बुटवल, बीबीसी भेटेरान बनेपा, झापा भेटेरान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफ.सी. भारत र कैलाली भेटेरान रहेको आयोजक चितवन भेटेरान फूटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछन् । दुबै दिन ४–४ वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् । क्वाटरफाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमीफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
    प्रतियोगिताको उद्घाटन खेलमा २ गते आयोजक चितवन भेटेरान (नीलो) र मकवानपुर भेटेरान हेटौंडा भिड्नेछन् । उक्त खेल बिहान ७ः३० बजे हुनेछ ।

    पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जस्मिन पेन्ट्सका महाप्रबन्धक लक्ष्मण अर्यालले आयोजकलाई चितवनको टिमको जर्सी तथा खेल सामग्री हस्तान्तरण गर्नुभयो । त्यस्तै बी. एण्ड बी. सब मनी ट्रान्सफरका तर्फबाट विश्वबन्धु अधिकारीले दोस्रो पुरस्कार प्रायोजनबापतको चेक हस्तान्तरण गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.