कला/साहित्य

तीन करोडको लगानीमा रामायण भवन निर्माण, आदिकविको सय फिट अग्लो शालिक निर्माण गरिँदै
-न्युजभित्तो

तनहुँ । तनहुँको भानु नगरपालिका–४, शिखरकटेरीमा करीब तीन करोड रुपैयाँको लगानीमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण गरिएको भानु नगरपालिकाले जनाएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा...

विष्णुभक्त स्मृति रङ्गकर्मी पुरस्कार रमेश केसी मट्टारेलाई
-न्युजभित्तो

काठमाडौँ । यस वर्षको विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार रङ्गकर्मी एवं हाँस्यकलाकार रमेश केसी मट्टारेलाई आज प्रदान गरिएको छ । विसं २०२७ देखि नेपाली नाट्य क्षेत्रमा क्रियाशील मट्टारेले रङ्गमञ्च तथा नाट्य क्षेत्रमा पुर्याएको कदर गर्दै विष्णुभक्त तारादेवी स्मृति गुठीले...

सिस्नुपानीको देउसीभैलोमा प्रधानमन्त्री, दलका नेतालाई व्यङ्ग्यको झटारो
-न्युजभित्तो

सुशील दर्नाल काठमाडौँ । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिली बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो ।...

आज महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।...

‘रणभूमिमा म’
-न्युजभित्तो

काठमाडौँ । कलाकार हरिओम मेहतासँग ‘रणभूमिमा म’ शीर्षकमा आयोजित कला छलफलमा सहभागीहरुले कला क्षेत्रको विकासमा ठोस कदम चाल्न नसकिएको भन्दै गुनासो गरेका छन् । उनीहरुले यस क्षेत्रमा स्वयं कलाकारहरुले भूमिका बढाउनुपर्नेमा जोड दिए । छलफलका क्रममा मेहताले अरूले के...

कात्तिक १ गते नारायणी किनारमा कन्सर्ट
-न्युजभित्तो

नारायणगढ । कार्तिक १ गते नारायणगढस्थित नारायणी नदी किनारमा कन्सर्ट हुने भएको छ । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. तथा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि.को संयुक्त आयोजनामा सुरताल म्युजिकल टुर–२०७६ हुन लागेको हो । नारायणगढको कन्सर्टको भने मण्डला नेपाल इभेन्टले...

‘विकास भर्षेस निकास’ नाटकमा देशको वियोगान्त झल्कदा…..
-न्युजभित्तो

काठमाडौँ । मुलुकको राजनीतिक प्रणाली र संस्कारमा विचलन आउँदा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा के–कस्ता विकृति पैदा हुन्छन् भन्ने सन्देश बोकेको नाटक ‘विकास भर्षेस निकास’ प्रदर्शन गरिएको छ । देशको वर्तमान अवस्थाको जीवन्त कथा बोकेको उक्त नाटक नामजुङ्ग सेवा समाज गोरखाले...

पन्ध्र वर्षपछि ‘प्रतिगन्ध’ उपन्यासका साथ सरुभक्त

चिप्लेढुङ्गा । साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उहाँ फर्कनुभएको थियो...

एउटा सिपाहीको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’

काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ । लडाइँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व...

लाशमाथिको ‘महाभोज’

   नवीन पौडेल काठमाडौँ । ‘बेवारिसे लाशलाई लुछिलुछी खान्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको...