सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘रणभूमिमा म’


  •    न्युजभित्तो/५ कार्तिक २०७६, मंगलवार २१:४५ 
  • काठमाडौँ । कलाकार हरिओम मेहतासँग ‘रणभूमिमा म’ शीर्षकमा आयोजित कला छलफलमा सहभागीहरुले कला क्षेत्रको विकासमा ठोस कदम चाल्न नसकिएको भन्दै गुनासो गरेका छन् । उनीहरुले यस क्षेत्रमा स्वयं कलाकारहरुले भूमिका बढाउनुपर्नेमा जोड दिए ।

    छलफलका क्रममा मेहताले अरूले के गरेभन्दा पनि आफूले के गर्ने र गरेँ भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै हरेकले आआफ्नो क्षेत्रबाट कलाको विकासमा सक्दो योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    आज भएको कला छलफल ‘रणभूमिमा म’ शीर्षकको सार्थकताबारे बताउँदै उहाँले भन्नुभयो, “प्रतिनिधि पात्र ‘म’ मार्फत उर्वर भूमिमाथि शक्तिको आडमा मानिसमाथि शोषण गरेर उर्वर भूमिलाई कसरी रणभूमिमा परिणत गर्छन् भन्ने कुरा साङ्केतिक रुपमा देखाउन खोजेको हुँ ।”

    उहाँले ‘कथा’ शीर्षकमा सुगौली सन्धि र त्यस विपरितको व्यवहारलाई भत्कन लागेको चापाकललाई विम्ब बनाएर साङ्केतिक भाव प्रस्तुत गर्नुभएको थियो ।

    सप्तरी घर भएका मेहताले कला छलफलका क्रममा अहिलेसम्म आफूले गरेको काम र प्रदर्शनीको बारेमा जानकारी दिँदै नेपालको मौलिक संस्कृति, परम्परा र पुरातात्विक क्षेत्रलाई पुरातत्व विभागमा मात्रै सीमित नगरी इतिहासका धरोहर र संस्कृति बारेमा बुझाउने प्रयास स्वरुप विभिन्न जिल्लामा पुगेर चित्रकला प्रदर्शनी गरेको जानकारी दिनुभयो ।

    उहाँले राजधानीमा जस्तो कलाको भाव बुझ्ने र चासो लिने व्यक्तिहरुको तराईमा कमी रहेको महसुस गरेको समेत बताउनुभयो । उहाँले इतिहासलाई आत्मसात् गर्नुपर्ने र सामाजिक विकृतिलाई अन्त्य गर्नतर्फ कलाकारहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.