नारायणगढ । कार्तिक १ गते नारायणगढस्थित नारायणी नदी किनारमा कन्सर्ट हुने भएको छ । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. तथा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि.को संयुक्त आयोजनामा सुरताल म्युजिकल टुर–२०७६ हुन लागेको हो ।
नारायणगढको कन्सर्टको भने मण्डला नेपाल इभेन्टले आयोजनाको जिम्मा लिएको छ । देशका विभिन्न नौ वटा शहरमा आयोजना गर्न लागिएका कन्सर्ट ६ वटा शहरहरुमा सम्पन्न भइसकेको म्युजिकल टुर १ गते नारायणी नदी किनारमा गर्न लागिएको मण्डला नेपाल इएभेन्टका प्रबन्ध निर्देशक मनोज घिमिरेले जानकारी दिनुभयो ।
कन्सर्टमा भिटेन (समिर घिसिङ)को विशेष प्रस्तुति रहने सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक प्रशान्त सुनारले जानकारी दिनुभयो । कार्यक्रममा गायक प्रकाश सपुत, बिक्रम बराल, आर.के.स्क्वायर लगायतका कलाकारहरुको प्रस्तुति कन्सर्टमा रहने छ ।
साँझ ६ बजेबाट शुरु हुने कन्सर्ट राती नौ बजेसम्म चल्ने जनाईएको छ । कन्सर्टमा रु. दुई सयको टिकट निर्धारण गरिएको आयोजनाले जनाएको छ । चार्ड पर्वकोृ समय र लोक, आधुनिक ¥याप, ब्याटल लगायतका गायकको सहभागिताले सबै खालका दर्शकहरु तान्ने विश्वास आयोजकको छ । कन्सर्टमा ६ हजारभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।