सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्सबीच साहित्यिक, साँस्कृतिक अध्ययन अनुसन्धानका लागि सम्झौता


  •    न्युजभित्तो/८ माघ २०७६, बुधबार १५:४१ 
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

    इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, साँस्कृतिक एवम् भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पुर्याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताउनुभयो ।

    यसैबीच, मोरङ, बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द पराजुलीकै तथा सङ्गीत भीम बिसीको छ । बिसी र सरु गौतमले गीतमा स्वर भर्नुभएको छ ।

    भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ । छायाङ्कन दीपक गिरी र सम्पादन अमृत चापागाईँले गर्नुभएको छ । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.