‘विकास भर्षेस निकास’ नाटकमा देशको वियोगान्त झल्कदा…..
न्युजभित्तो/२७ आश्विन २०७६, सोमबार १९:५२
काठमाडौँ । मुलुकको राजनीतिक प्रणाली र संस्कारमा विचलन आउँदा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा के–कस्ता विकृति पैदा हुन्छन् भन्ने सन्देश बोकेको नाटक ‘विकास भर्षेस निकास’ प्रदर्शन गरिएको छ ।
देशको वर्तमान अवस्थाको जीवन्त कथा बोकेको उक्त नाटक नामजुङ्ग सेवा समाज गोरखाले प्रस्तुत गरेको हो । एक घण्टा समयावधिको नाटकमा देशको स्वास्थ्य र शिक्षामा आएको विकृतिलाई उजागर गरिएको छ । रामबाबु रेग्मीले निर्देशन गर्नुभएको नाटकमा खासगरी विद्यालयमा विद्यार्थी अभाव र शिक्षकको विकृति तथा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको लापरवाहीले बिरामीले खेप्नुपरेको पीडालाई उजागर गरिएको छ ।
राज्यको खर्चमा लाखौँको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढेको नागरिक सेवा दिनेबेला विदेशमा बस्छ र जीवनको सम्पूर्ण श्रम र मेहनत उतै खर्चेर स्वदेश फर्कन्छ । उसैलाई विशेष योगदानका आधारमा सम्मानको कार्यक्रम तय हुन्छ । उसले त्यो सम्मानलाई अस्वीकार गर्दै देशमा सेवा गर्न नपाएकोमा आफूलाई धिक्कार्छ, । पुरस्कार वापतको केही रकम समाज सेवामा लगाउने निधो गर्दै विद्यालय र स्वास्थ्य चौकीको खोजीमा हुन्छ ।
एक व्यक्तिको आग्रहमा दुई सय विद्यार्थी रहेको सरकारी विद्यालयमा सहयोगका लागि पुग्दा शिक्षक सहरमा बसेको र विद्यार्थी सङ्ख्या १३ जना भएकामा पनि दुई जना मात्रै भेटिन्छन् । त्यहाँबाट दिक्क भएर स्वास्थ्य चौकीतर्फ अघि बढ्छ, त्यहाँ एक महिला स्वास्थ्यकर्मी रहेकामा कार्यालयमा हुँदिनन् । उनका श्रीमान् कार्यालयमा मस्त निदाइरहेका भेटिन्छन्, बिरामी पुग्दा निद्रामै रोग पहिचान नगरी औषधि दिन्छन् ।
सहयोगी पुगेर केरकार गर्दा पहिला आफै स्वास्थ्यचौकी इन्चार्ज बताउने ती ‘श्रीमान्’ सहयोगी चिकित्सकले ‘म केन्द्रबाट आएको’ भनेपछि श्रीमतीलाई खोजेर कार्यालय ल्याउँछन् ।
यसरी स्वास्थ्य र शिक्षा क्षेत्रमा सानो लापरवाहीले सिङ्गो देश र समाजलाई कसरी बिगारेको छ भन्ने प्रसङ्गलाई नाटकले सटिक ढङ्गले प्रस्तुत गरेको छ । नामजुङ्ग यात्रु प्रतिक्षालय तथा सार्वजनिक शौचालय निर्माणको सहयोगार्थ नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिएको समाजका कोषाध्यक्ष बाबुराम वस्तीले बताउनुभयो । कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको विविध प्रस्तुती रहेको थियो । रासस