सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विष्णुभक्त स्मृति रङ्गकर्मी पुरस्कार रमेश केसी मट्टारेलाई


  •    न्युजभित्तो/२१ पुष २०७६, सोमबार २१:२४ 
  • काठमाडौँ । यस वर्षको विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार रङ्गकर्मी एवं हाँस्यकलाकार रमेश केसी मट्टारेलाई आज प्रदान गरिएको छ । विसं २०२७ देखि नेपाली नाट्य क्षेत्रमा क्रियाशील मट्टारेले रङ्गमञ्च तथा नाट्य क्षेत्रमा पुर्याएको कदर गर्दै विष्णुभक्त तारादेवी स्मृति गुठीले रु २० हजार नगदसहित पुरस्कार प्रदान गरेको हो ।

    गुठीका अध्यक्ष डा कमल फुयाँलले आफ्ना पिताले जीवनको सम्पूर्ण समय नेपाली रङ्गमञ्चमा समर्पित गर्नुभएका कारण उहाँकै नामबाट नेपाली रङ्गमञ्चमा लामो सयमदेखि काम गर्दै आइरहेका रङ्गकर्मीलाई नियमित पुरस्कृत थालिएको बताउनुभयो ।

    कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारी संयोजक रहेको पुरस्कार छनोट समितिले दुई दशकभन्दा बढी समयदेखि निरन्तर कलाकारितामा क्रियाशील रहेकामध्येबाट पुरस्कृत व्यक्तित्व चयन गरेको थियो । हरेक वर्ष जनकलाकार फुयाँलको निधन भएकै दिन पुस १९ गते स्मृति दिवसका अवसर पारेर सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कलाकार राजेन्द्र गड्तौला र लक्ष्मणसिंह बस्नेतलाई सो पुरस्कार प्रदान गरिएको थियो । गुठीले रु २० हजार राशिकै तारादेवी नवनारी छात्रवृत्ति सुविना खड्कालाई प्रदान गरेको छ ।

    विसं २०७३ पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सत्यमोहज जोशीद्वारा लिखित नाटक ‘यज्ञवल्क्य’ मा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै फुयाँलको निधन भएको थियो । फुयाँल विसं २०५४ को स्थानीय निकायको निर्वाचनमा काठमाडौँ महानगरपालिका–६ मा तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडा सदस्यमा निर्वाचितसमेत हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.