सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन करोडको लगानीमा रामायण भवन निर्माण, आदिकविको सय फिट अग्लो शालिक निर्माण गरिँदै


  •    न्युजभित्तो/२३ पुष २०७६, बुधबार १०:४० 
  • तनहुँ । तनहुँको भानु नगरपालिका–४, शिखरकटेरीमा करीब तीन करोड रुपैयाँको लगानीमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण गरिएको भानु नगरपालिकाले जनाएको छ ।

    आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । भवनको बार्दली काठमा कुँदिको कलात्मक रहेको छ ।

    करीब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्ताकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रुपैयाँ रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको सय फिट अग्लो शालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ ।

    चुँदी रम्घाबेँसीदेखि शिखरकटेरीसम्म पुग्ने कच्ची मोटरमार्ग भएका कारण मानिसलाई आवतजावत गर्न समस्या भएकाले उक्त मार्गको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीले जानकारी दिनुभयो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त विसं १८७१ असार २९ गते चुँदी रम्घामा जन्मनुभएको थियो । भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरीजस्ता काव्यकृतिले नेपाली साहित्य क्षेत्रलाई नै धनी बनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.